वाणिज्य विभागको सेवा एक साता स्थगित

<span class='c1'>वाणिज्य विभागको सेवा</span> <span class='c2'>एक साता स्थगित</span>

बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईँले भन्नुभयो, “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अति आवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौँ । भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायतका काम हुन्छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्