वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउदैं

<span class='c1'>वाग्मती प्रदेश सरकारले तत्कालै</span> <span class='c2'>उच्च शिक्षा ऐन ल्याउदैं</span>

बाग्मती

वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो ।

ऐनमा खुला विश्वविद्यालयदेखि हरेक जिल्लामा एउटा विश्वविद्यालय खोल्न सकिने प्रावधानसमेत समेटिने जनाइएको छ । “अब डेस्क, बेञ्च मात्रै होइन, कुनै पनि प्रकारका भौतिक संरचनाको कमी छैन, यस्तो अवस्थामा शिक्षाको गुणस्तर वृद्धिमा लाग्ने हो”, उहाँले भन्नुभयो ।

पौडेलले हेटौंँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत नर्स, हेल्थ असिस्टेन्ट तथा चिकित्सक उत्पादन गर्ने गरी अध्यापन प्रारम्भ हुने क्रममा रहेको बताउँदै भुटनदेवी विद्यालयमा इञ्जिनीयरिङको स्नातक कक्षा सञ्चालनमा सहयोग गरिने जानकारी सोमबार दिनुभयो । मुख्यमन्त्री पौडेलले देशको शैक्षिक आन्दोलनको शुरुआती क्षण स्मरण गर्दै भुटनदेवी माविबाट आफूसहित ९९ शिक्षक मिलेर शुरु भएको शैक्षिक आन्दोलनले आज शिक्षक सङ्गठनको रूप लिएको बताउनुभयो ।

‘इसिइडी’ शिक्षकलाई रु आठ हजार थप

उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताउनुभयो । समुदायस्तरमा बालबालिकाको विकास र प्रवर्धननका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक÷ सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक रु १३ हजार ४५० पु¥याइएको उहाँको भनाइ थियो । उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्