कोरोना संक्रमणबाट विराटनगरका अर्का ५६ वर्षीय व्यक्तिको बिपीमा मृत्यु

कोरोना संक्रमणबाट विराटनगरका अर्का ५६ वर्षीय व्यक्तिको बिपीमा मृत्यु

विराटनगर

कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुष रहेका छन्।

नोबेल मेडिकल कलेजले उपचारका लागि उनलाई धरान रेफर गरेको थियो। उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पताल प्रसाशनले जनाएको छ।

उनलाई वैशाख ७ गते कोरोना पोजेटिभ देखिएका उनलाई वैशाख ९ गते अस्पताल भर्ना भएका उनको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए । मृतक पुरुषलाई मधुमेह र उच्चरक्तचापको समस्या रहेको पनि उनले बताए।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो विराटनगरकै ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको सोमबार दिउँसो १:५५ मा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्