विराटनगर ७ की ५४ वर्षीया महिला संक्रमितको उपचारको क्रममा मृत्यु

विराटनगर ७ की ५४ वर्षीया महिला  संक्रमितको उपचारको क्रममा मृत्यु

विराटनगर

विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टंकीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएको हो।

कोरोना सङ्क्रमणका कारण गत बैसाख १४ गते अस्पतालमा र्भा भएकी उनको आज विहान ४ बजेको समयमा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि महिलामा श्वासप्रश्वासको समस्या थपिएको थियो । साथै मृतक मधुमेहको विरामी भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्