निषेधाज्ञालाई पालना गर्न नेपाल उद्योग वाणिज्य महासंघका आग्रह

निषेधाज्ञालाई पालना गर्न नेपाल उद्योग वाणिज्य महासंघका आग्रह

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मजदुरलाई सावधानीपूर्वक दैनिक कार्यसम्पादनमा सरिक हुन आग्रह गर्नु भएको हो ।

गतवर्ष संक्रमणकै कारण लामो समयसम्म अवरोध उद्योग–व्यवसायको क्षेत्रलाई पुनः आक्रान्त पारेको छ, अध्यक्ष ढकालद्वारा विज्ञप्तीमा भनिएको–दोस्रो लहरले विश्वव्यापी रुपमा पारिरहेको असरबाट जोगिन सबै सचेत हुनुपर्दछ । झापा, मोरङ र सुनसरीमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई पालना गर्न÷गराउन अनुरोध गर्दै कोरोना संक्रमणको फैलावटलाई रोक्नका लागि सहयोगी बन्नुपर्ने अध्यक्ष ढकाललको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्