उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोषको इकाई स्थापना

<span class='c1'>उद्योग संगठन मोरङमा सामाजिक</span> <span class='c2'>सुरक्षा कोषको इकाई स्थापना</span>

विराटनगर । उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोष कार्यालय अन्तर्गतको एकाई स्थापना गरिएको छ । नेपाल सरकारले २०७६ श्रावण देखि कार्यन्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु दिन कोषको इकाई स्थापना गरिएको हो ।

विराटनगरमा इकाई कार्यालय स्थापना गरिएसँगै श्रमिकहरुले काठमाण्डांै धाउनु पर्ने अवस्था हट्ने भएको छ । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाण्डौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक इकाई स्थापना गरेर सञ्चालनमा ल्याएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो ।
संगठनको सचिवालयमा रहेको एकाईले सामाजिक सुरक्षा योजनाहरु सम्वन्धि अभिमूखिकरण, उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सूचिकरण सम्वन्धि जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताहरुको सूचिकरणका लागि प्राविधिक सहयोग गर्दै सेवाग्राही र सामाजिक सुरक्षा कोष काठमाण्डौंबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

त्यसैगरी दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रकृयाको जानकारी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, बृद्ध अवस्था सुरक्षा योजना दावीका लागि प्रकृयाका साथै योजनाहरुको दाबी भुक्तानीको अवस्थाबारे इकाईले सहजीकरण गर्नेछ ।
संगठनमा स्थापना भएको इकाईले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन रोजगारदाता र श्रमिक वीच समन्वय, सुरक्षा योजनाहरुको दावी भुक्तानीमा सम्वन्धमा रहेको अन्यौलता हटाई सामाजिक सुरक्षा कोषमा यस क्षेत्रका श्रमिकहरुको पहू“च स्थापित गर्न सहयोग पु¥याउने अध्यक्ष प्याकुरेलको दावी छ ।

सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना भएसँगै मजदुरहरुले समेत खुशी व्यक्त गरेका छन् । जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलाले कोषको कार्यालय काठमाण्डौं केन्द्रीत हुँदा सरकारले मजदुरका लागि ल्याएको योजना कार्यान्वयमा समस्या भोग्नु परिरहेको बताउनुभयो । उहाँले कार्यालय स्थापनासँगै श्रमिक र उद्योगबीचको सम्बन्ध अmभै सुमधुर हुनका साथै सामाजिक सुरक्षा कोष योजना कार्यन्वयनमा समेत थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका झण्डै ५५० उद्योगमा कार्यरत मजदुर, आश्रित परिवारले बारम्बार उठाउँदै आएको मागलाई उद्योगीहरुको संस्थाले नै कार्यन्वयनमा ल्याउन पहल गरेको हो । संगठनमा प्याकुरेल नेतृत्वमा नयाँ समिति आएपछि कोषले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत मजदुरका नेताहरुले इकाई स्थापनाका लागि माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्