तिनटोलिया सेवा समाजद्वारा विराटनगरका संक्रमितको घरमा आजबाट सेनेटाइज गरिने

तिनटोलिया सेवा समाजद्वारा विराटनगरका संक्रमितको घरमा आजबाट सेनेटाइज गरिने

विराटनगर

विराटनगरका विभिन्न वडामा कोरोना भाइरस (कोभिड १९) संक्रमित रहेका घरमा डिसइन्फेक्ट कार्य सुरु गरिएको छ। वडा नम्बर १० स्थित तिनटोलिया समाज समितिले आफ्ना वडाभित्र संक्रमित रहेका परिवारलाई खाद्यान्न ,मास्क ,सेनेटाइजर वितरणसँगै घर सेनेटाइज गर्ने काम आइतबारबाट सुरु गरेको हो | वडामा कम्तीमा ४५ वटा घरपरिवारमा संक्रमण देखिएको समाजले जनाएको छ। आइतबार पहिलो चरणमा वडाको ७ घरमा सेनेटाइज गरेको राउतले बताए । एक घरमा ४ जना सदस्य एकै कोठामा आइसोलेटेड भएर बसेको बताए ।

विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यका साथ गत चैत १० गते बाट विधिवत रुपमा दर्ता भै सेवा सुरु गरेको आफ्नो संस्थाले अन्तराष्ट्रिय स्तरमा फैलिएको कोभिडको महामारीका समयमा विभिन्न सहयोगी दाताहरुले आफ्नो संस्थालाई औषधि लगायतका सामाग्रीहरु सहयोग गरेको समाजका अध्यक्ष डिगेन्द्र राउतले जानकारी दिए।

राउत भन्छन्, अहिले हामीसंग पर्याप्त जनशक्ति छैनन् , श्रोतसाधनमा पनि कमि छ त्यसैले हामिले सम्बन्धित वडाका अध्यक्ष माधवराज वाग्लेसंग समन्वय गर्न खोज्दा अध्यक्षले संक्रमितको नाम गोप्य राख्नुपर्ने हुन्छ हामि सुचना दिदैनौं भने जसकारण हामीले चाहँदाचाहदै पनि संक्रमित परिवारको जानकारी नदिएपछि हामीले सबैलाई सेवा दिन सकेनौं ।
विराटनगरका अरु क्षेत्रका संक्रमितहरुलाई पनि आवश्यक खाद्यान्न ,औषधि लगायतका सामाग्रीहरु सहयोग गर्न आफुहरु तयार रहेको उनले बताए। तर यदि स्थानिय प्रशासनको सहयोग पायौं भने संक्रमित बिपन्न परिवारहरुलाई घरैमा गएर सेवा दिन हामि तयार छौं राउतले भने ।

महानगरपालिकाले उपलब्ध गराएको पीपीई सेट र सेनेटाइजरसहित अध्यक्ष राउत र समाजका उपाध्यक्ष सुदीप आचार्यले सेनेटाइज गरेका थिए। समाजले सेनेटाइज गरेको ७ मध्ये दुई घरका १ जना सदस्यहरुलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हाल उनीहरु अस्पतालमा उपचाररत रहेको अध्यक्ष राउतले जानकारी दिए।

अर्कोतर्फ, विभिन्न वडाको माग बमोजिम संक्रमितको घर सेनेटाइज गर्ने कार्य जारी रहेको बताएका महानगरपालिका कोभिड १९ संयोजक हैदर अलीले संक्रमित स्थानान्तरण भएपछि घरलाई पूर्णरूपमा सेनेटाइज गर्दै आएको उल्लेख गरे।

यससँगै संयोजक अलीले महानगरपालिकाले सोमबारबाट महानगरका विभिन्न ३ स्थानमा पीसीआर स्वाब संकलन सेवा पुनः सुचारु गर्ने जानकारी दिए

। उनले वडा नम्बर १ स्थित पुरानो दमकल कार्यालय, वडा नम्बर ७ स्थित आदर्श विद्यालय र वडा नम्बर १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब नमुना संकलन गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्