काँग्रेस सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही माग

<span class='c1'>काँग्रेस सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा</span> <span class='c2'>संलग्नलाई कारवाही  माग</span>

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गर्नुभएको छ ।
कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उहाँले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले शुक्रबार विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ । सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग गर्नुभएको छ ।
कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोप भए पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ देशमा व्याप्त विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन तथा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै सभापति देउवाले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्