विराटनगरका उद्योगी–व्यवसायीको सरकारसँग माग : खोप आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउ

विराटनगरका उद्योगी–व्यवसायीको सरकारसँग माग : खोप आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउ

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले खोपको मूल्य र निर्धारण तय गरेर निजी क्षेत्रलाई खोप आपूर्तिमा सहभागी गराउनु पर्ने माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, बिराट व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निजी क्षेत्रलाई खोप आपूर्तिका लागि संलग्न गराउन आग्रह गरेका हुन् ।

कोरोनाले आक्रान्त बन्दै गएको नेपाली समाजलाई खोप बाहेक अन्य कुनै विकल्पले बचाउन सक्दैन, विज्ञप्तीमा भनिएको छ–अस्पतालका बेडहरु अभाव भईरहेको अवस्थामा तत्काल खोप आपूर्ति गरेर नागरिको स्वास्थ्य सुरक्षा ध्यान दिन जरुरी छ ।

विगतमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोपको प्राथमिकतामा नीजि क्षेत्र पर्न नसकेको गुनासो गर्दै महामारीको जटिल अवस्थामा अतिआवश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्थालाई अक्षुण राखि अभाव हुन नदिन विभिन्न वाधा अवरोध एवं स्वास्थ्यको जोखिम समेत उठाएर उत्पादन र वितरणको श्रृङ्खलालाई टुट्न नदिई नीजि क्षेत्रले गरेको योगदानलाई मध्यनजर गर्दै नीजि क्षेत्रमा संलग्न कामदार, श्रमिक र कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउन अनुरोध गर्दछौ ।

साथै, महामारीको यो अवस्थाबाट सर्वसाधारण नागरिकलाई बचाउन कोरोना विरुद्धको खोप सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुने गरि व्यवस्था मिलाउन सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गरि सरकारी प्रकृयागत जटिलता सरल वनाउदै यथाशक्य खोप आपूर्ति गर्न अनुरोध गर्दै स्वास्थ्य संकटको वर्तमान असहज अवस्थालाई मध्यनजर गरी खोप आपूर्तिमा मूल्य लगायतको मापदण्ड निर्धारण गरि नीजि क्षेत्रलाई आब्हान गर्न समेत नेपाल सरकार समक्ष संयूक्त रुपमा अपिल गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।

उद्योग सगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघ प्रदेश १ समितिका अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्