मास्क र सेनिटाइजर बढी मूल्य लिएर बिक्री गर्ने फार्मेसीलाई कारवाही

मास्क र सेनिटाइजर बढी मूल्य लिएर बिक्री गर्ने फार्मेसीलाई कारवाही

विराटनगर । कोरोना महामारीको बेला सेनिटाइजरमा कालाबजारी गरी महंगो मूल्यमा बिक्री गर्ने मोरङका तीन वटा फार्मेसी कारवाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फर्मेसीलाई कारवाही गरेको हो ।

मोरङको बुढीगंगा २ स्थित टंकिसिनुवारीमा रहेको विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको सेनिटाइजर उपभोक्तालाई १६५ रुपैयामा बिक्री गरेको अनुगमनका क्रममा वाणिज्य कार्यालयले फेला पारेको थियो । सो फार्मेसीलाई वाणिज्यले २ लाख रुपैयाँ जरिवाना गराएको छ । वाणिज्यले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ङ० बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरेको हो ।

अनुगमनकै क्रममा विराटनगर २ स्थित विराट नर्सिङ होम अगाडि सञ्चालित यस फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले जरिवाना गराएको छ । वाणिज्यले यस फार्मेसीलाई ५ हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरिवाना गराएको छ ।
फार्मेसीले मास्क, सेनिटाइजर लगायतका वस्तु खरिद गरेको बिल बिजक दुरुस्त नराखेको भन्दै कार्यालयले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्