कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले कालोबजारी गर्न थालेपछि, महानगरको अनुगमन

कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले कालोबजारी गर्न थालेपछि, महानगरको अनुगमन

विराटनगर । कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले मास्क र सेनिटाईजर कालो बजारी गर्न थालेको गुनासो बढ्न थालेपछि नियामक निकायले अनुगमन सुरु गरेको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका विभिन्न होलसेल औषधी बिक्रेता तथा खुद्रा औषधी बिक्रेकता फार्मेसीहरुमा अनुगनम गरिएको हो ।

अनुगमनका क्रममा गुणस्तरहिन सेनिटाईजर र एमआरपी नभएको माक्स व्यापारीले बेचेको भेटेपछि सर्जीकल पसलबाट ३ हजार थान मास्क र ५ लिटर सेनिटाइजर बरामद गरेको छ । अनुगमनका क्रममा विराटनगर हस्पिटल चौक, जलजला चौक, लगायत नगर क्षेत्रको विभिन्न स्थानमा रहेका कलश फर्मा, उज्जल फर्मा, लोटस फर्मा र थोक विक्रेता श्री सर्जीकल, ड्रग इम्पोरियम गरी एक दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरिएको थियो ।

अनुगमनमा अधिकांश औषधी पसलाहरुमा मास्क र सेनिटाईजको मूल्य निरधारण नगरेको गुणस्तरीय मास्क, सेनिटाइजर समेत नरहेको पाइएको छ । गुणस्तरहिनरहेको सेनिटाईजर एमआरपी नभएको मास्क जफत गरीएको विराटनगर महानगरपालिका उपमेयर ईन्दिरा कार्कीले बताउनुभयो ।
श्री सर्जीकल थोक विक्रेताका सञ्चालकले गुणस्तरहिन भनिएको सेनिटाईजर र एम.आरपी नभएको मास्क बेचेका कारण कडा कारबाही गर्ने उप–प्रमुख कार्कीले जनाउनुुभयो । कोरोनाको दोस्रो कहरको वेला औषधी मास्क र सेनिटाईजर कलाबजारी हुन नदिनका लागि अनुगमन गरिएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलको भनाई छ ।

कतिपय गुणस्तरहिन भएको शंका लागेकोे सेनिटाईजर सेम्पल टेष्टका लागि पठाएको उहाँले बताउनुभयो । उहाँले कतिपय औषधि पसलका सञ्चालकहरु गुणस्तरीय सेनिटाईजर र मास्क वितरणका लागि निर्दैशन समेत गर्नुभयो । श्री सर्जीकल थौक विक्रेताका सञ्चालक सन्दिप अग्रवालले कम्पनीले नै सादा प्याक दिएर पठाएकोले मास्कको प्याकीङमा एमआरपी नरहेको दावि गर्नुभयो ।
उहाँले अब उपरान्त गुणस्तरहिन रहेको सेनिटाईजर र एमआरपी नभएको मास्क नबेच्ने प्रतिवद्धता जनाउनुभयो । अुनगमनमा जिल्ला प्रशासन कार्यालय मोरङकी नासु, मैनुका चापागाई, वाणिजय आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगरका प्रतिनिधि, कुमार गिरी, विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश कार्की लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्