कृषकका खेतबाटै तरकारी बिक्रीको सहजीकरण

कृषकका खेतबाटै तरकारी बिक्रीको सहजीकरण

इटहरी । लकडाउनका बेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजिकरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरु सँग छलफल गरेर सहजिकरण गर्नुभएको हो ।

छलफल पछि सब्जि होलसेल ब्यापारीहरुले वारीमै गएर सब्जि उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको वारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरि समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिनुभयो ।

लकडाउनका कारण उत्पादित सब्जि बजारसम्म पुरयाउन नसक्दा कृहिएर कृषकहरु पीडित बनेका थिए । कृषकको गुनासोपछि उपप्रमुख गौतमले कृषकको बारीमै पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा आफूले किसानहरु निक्कै पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुख गौतमले बताउनुभयो ।

भारतदेखि तरकारी आयात भइरहेको तर आफनै ठाँउमा उत्पादित तरकारी कुहिएर जानु हुदैन भन्ने अभिप्रायले थोक विक्रेताहरुसँग समन्वय गर्दा उहाँहरु सकारात्मक पाएको उहाँले बताउनुभयो । लकडाउनको वेला पाकेको तरकारी वालीले वजार पाउने भएपछि कृषकहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्