बाम्बारबार दोहोरिन्छन् आरती स्ट्रिप्सका कर्मचारीमाथि कुटपिटका घटना तर प्रहरीमा पुग्दैनन्

बाम्बारबार दोहोरिन्छन् आरती स्ट्रिप्सका कर्मचारीमाथि कुटपिटका घटना तर प्रहरीमा पुग्दैनन्

विराटनगर ।

बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघलले आफ्ना कर्मचारीमाथि बारम्बार कुटपिट गर्न थालेका छन् । भारतमा भुषण पावर स्टिल एण्ड आईरन कम्पनि सिज गराएका सिंघलले नेपालमा रहेको आरती स्ट्रिप्समा कार्यरत उपल्लोस्तरका भारतीय कर्मचारीमाथि नराम्रोसँग हिंसात्मक शैली अपनाउन थालेका हुन् ।

खासमा डुब्दै गएको आरती स्ट्रिप्सको बजार खस्कदै गएपछि सिंघललाई धेरै तलव थाप्ने कर्मचारीलाई हटाउनु पर्ने दवाव छ । भारतमा आरतीका उत्पादन बिक्रीमा ह्रास आएपछि भारतको बजार हेर्ने र भारतबाटै झिकाएर राखिएका उपल्लोस्तरका कर्मचारीमाथि सिंघल बारम्बार आक्रमणमा उत्रिएका छन् ।

आरतीका वास्तविक मालिक सिङ्घलले पछिल्लो समय उद्योगका ३ प्राविधिकलाई कुटपिट गरेका छन्। भारतीय उद्योगी सिङ्घलले भारतीय नागरिकलाई नै कुटपिट गरेर भारत फर्केका हुन् । उनले प्लान्ट हेड राजीव शुक्ला, मेकानिकल इन्जिनियर बीभी पाण्डे र टीएमटी प्रमुख अभयप्रतापलाई कुटपिट गरेका हुन्। यस अगाडी इन्द्रजीत गर्ग, संजीव शर्मा र नागेश्वर गुप्ता भन्ने अर्का एक कर्मचारीलाई मरणासन्न हुनेगरि कुटपिट गरेर उनले हटाएका थिए ।

सन्की स्वभावका सिङ्घल तीन कर्मचारीलाई कुटपिट गरेपछि काँकडभिट्टा नाका हुँदै भारत फर्किएका थिए। सिङ्घल भारतको तत्कालीन बहुराष्ट्रिय कम्पनी भूषण पावरका मालिक हुन्। भूषण स्टिल टाट पल्टिएपछि सिङ्घलविरूद्ध भारतका अदालतमा बैङ्किङ कसुरको मुद्दा छ। उनलाई त्यहाँको अदालतले भारत नछाड्न आदेश दिएको छ। तर, अदालतका आदेशविरूद्ध उनी बारम्बार नेपाल आउने गर्छन्।

सुटुक्क नेपाल आउने र आफ्ना कर्मचारी कुटेर पुनः भारत फर्कने गरेका छन् । उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा समेत एउटा उजुरी छ । तकालिन कर्मचारी इन्द्रजीत गर्गलाई कुटपिट गरेको आरोपमा उनी विरुद्ध उजुरी परेको थियो । उनले कर्मचारीमाथि कुटपिट गरेपछि धेरैले छोडेर अर्को कम्पनि रोज्ने गरेका छन् ।

पछिल्लो समय कुटाई खाएका पाण्डेले आफु यही वैशाखभर मात्रै कम्पनी रहने बताएका छन् । उनले राजीनामा दिएपछि स्वीकृत समेत भइसकेको स्रोतले बताएको छ । यहाँ बसेर काम गर्ने वातावरण नभएपछि उनी छोड्ने स्थिितमा पुगेका हुन् ।
टीएमटी प्रमुख अभयप्रतापले पनि आफूले कम्पनीबाट राजीनामा दिइसकेको बताएका छन् उनले दुर्व्यवहार भएको लगत्तै प्लान्ट हेड राजीव शुक्लाले आरती स्ट्रिप्स छाडेर गोदावरी स्टिलमा काम गर्न गएका छन् ।

पीडित तीन जनाले नै आफूमाथि भएको दुर्व्यवहार लिएर प्रहरीमा नजाने भएका छन् । कारण प्रहरीमा गए न्यायका लागि कुनै पहल हुँदैन । पीडित पाण्डेका अनुसार प्रहरीमा गए उल्टै खाने बाटो हुने भएकोले नजाने मनसाय राखिएको हो । तत्कालिन कर्मचारी गर्गले जिल्ला प्रशासनमा उजुरी गरेका कारण तत्कालिन प्रवन्धक संजीव शर्मालाई सिंघलले कुटेरै हट्न बाध्य बनाएका थिए । शर्माले प्रहरीसम्म उजुरी पुग्दासम्म बीचमै रोक्न नसकेको आरोप उनलाई लगाइएको थियो ।

सिङ्घलले यसअघि गत चैतको पहिलो हप्तामा आरतीकै तत्कालीन वरिष्ठ इन्जिनियर नागेन्द्रप्रसाद गुप्तासहित ३ जनालाई कुटपिट गरेका थिए। गुप्ताले यसबारेमा जिल्ला प्रहरीमा उजुरी दिए पनि सिङ्घलका प्रभावमा परेको प्रहरीले प्रमाण नपुगेको भन्दै केस पेन्डिङमा राखेको छ। तीन वर्ष अघि सिङ्घलले उद्योग परिसरभित्र आरतीका उपाध्यक्ष सञ्जीव शर्मा र मार्केटिङ प्रमुख इन्द्रजित गर्गलाई कुटेका थिए। आरतीका उपाध्यक्ष एवं निर्देशक विशाल गुप्ताले केही प्राविधिकबीच मालिक सिङ्घलको भनाभन र हात हालाहाल भएको पुष्टि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्