सेनिटाइजरमा १०३ प्रतिशत मुनाफा राखेर बिक्री गरेको पाइएपछि इटहरीको विविता सर्जिकललाई दुईलाख जरिवाना

सेनिटाइजरमा १०३ प्रतिशत मुनाफा राखेर बिक्री गरेको पाइएपछि इटहरीको विविता सर्जिकललाई दुईलाख जरिवाना

विराटनगर । खरिद मूल्य ३९.३० रुपैँया भएको सेनिटाइजरलाई ८० रुपिँयामा बिक्री गर्ने गरेको पाइएपछि इटहरीस्थित विविता सर्जिकल हाउसलाई दुईलाख जरिवाना भराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा खरिद मूल्यको तुलनामा १०३ प्रतिशतले बढि नाफा लिएको पाइएपछि स्थलगत निरीक्षणकै क्रममा दुईलाख रुपैया जरिवाना भराइएको हो ।

कोरोना माहामारीको बेलामा अत्यावश्यक स्वास्थ्य सामग्रीको अत्याधिक मुल्य बढाएको गुनासो बढेसँगै बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमनलाई प्राथमिकतामा राखेको छ । आकस्मिक गरिने अनुगमन पूर्व बद्मासी भए-नभएको यकिन गर्ने टोलि समेत विशेष रुपमा परिचालन गरिदैं आएको छ ।

इटहरीस्थित विविता सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित भएको ‘लाइफगार्ड’ ब्राण्डको एमआरपी उल्लेख नगरिएको हेण्ड सेनिटाइजर दोब्बर मूल्यमा विक्री गरेको पाइएको थियो । बाणिज्य कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार ३९.३० रुपैयाँमा खरिद गरि खरिद मूल्यभन्दा १०३ प्रतिशतले बढि नाफा लिएर ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि तत्काल जरिवाना भराइएको हो ।
सर्जिकल हाउसले सेनिटाइजर विक्रीमा अनुचित र अस्वभाविक नाफा राखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिमको कसुर ठहर गर्दै तत्कालै दुई लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

अनुगमनकै क्रममा इटहरीकै फर्म होम्ताङ आयुर्वेद औषधालयले सेनिटाइजरलगायत अन्य औषधीहरू खरिद बिक्रीगर्दा बिलबिजक नराखेको भन्दै २० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।कोरोना महामारीको समयमा अत्याधिक मुल्य राखेर मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरुको विक्री वितरण हुने गरेको गुनासोका आधारमा कार्यालयले नियमित अघि बढाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्