विराटनगरमा हार्डवेयर कारोबार पूर्ण रुपमा बन्द रहने

विराटनगरमा हार्डवेयर कारोबार पूर्ण रुपमा बन्द रहने

विराटनगर । विराटनगरमा बढ्दो कोरोना संक्रमणका कारण व्यवसाय सञ्चालन गर्न असमर्थ रहेको भन्दै विराटनगर हार्डवेयर संघले सम्पूर्ण कारोबार बन्द गर्ने भएको छ । कोरोनाको बढ्दो भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हार्डवेयर संघले यस्तो अवस्थामा संक्रमित भएको खण्डमा उपचार गराउन समेत असंभव रहेकोले सम्पूर्ण कारोबार बन्द रहने जनाएको हो ।

संघका महासचिव कमल अग्रवालले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै स्थिति भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । स्थितिलाई मध्यनजर गर्दै हार्डवेयरका कुनैपनि सामान बिक्री वितरणको काम बन्द गर्न आफ्ना सदस्यहरुलाई आग्रह समेत गरिएको छ ।
निर्माणका सामाग्रीको बिक्री वितरण गर्दै आएको हार्डवेयरबाट कारोबार बन्द हुने अवस्थामा निर्माणसँग सम्बन्धित सम्पूर्ण कार्य बन्द हुने भएको छ । फलाम उद्योगको उत्पादन बन्द भएसँगै हार्डवेयर पसलहरुमा सामान अभाव भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्