गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुनःनियुक्त

<span class='c1'>गण्डकी प्रदेशको मुख्यमन्त्रीमा</span> <span class='c2'>गुरुङ पुनःनियुक्त</span>

गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।
यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।
मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । (तस्बिर पनि उपलब्ध छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्