नक्कली अक्सिमिटर भित्र्याएर कालोबजारी गरेको आरोपमा विराटनगरका आचार्यसहित सातजना प्रहरी नियन्त्रणमा

नक्कली अक्सिमिटर भित्र्याएर कालोबजारी गरेको आरोपमा विराटनगरका आचार्यसहित सातजना प्रहरी नियन्त्रणमा

विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सातजनालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्नेहरुमा सुनसरी इनरुवाका ३९ वर्षीय पुष्कर घिमिरे, मोरङका ४४ वर्षीय विशाल आचार्यसहित सिन्धुलीका २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जाका २७ वर्षीय शेषकान्त अधिकारी, सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष भण्डारी र भारतका ५५ वर्षीय जगदिश प्रसाद रानासरिय छन् ।

आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्दै आएका विराटनगर–२ तिनपैनी घर भएका विशाल आचार्यले न्यूरोडमा रहेको डि एण्ड डी इन्टरप्राइजेजमा चीनबाट मास्कको तुना आयात गर्दै आएका थिए । सोही तुनाको बक्साभित्र लुकाईछिपाई उक्त अक्सिमिटरहरु काठमाडौं ल्याएको प्रहरीले सूचना पाएपछि छापा हानेर नक्कली सामानहरु बरामद गरिएको छ ।
विशेष सूचनाको आधारामा छापा मार्दा उनिहरुको साथबाट ७६५ थान नक्कली अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ । उक्त अक्सिमिटरको बजारमूल्य बढीमा ७०० पर्ने भएपनि उनीहरुले एक थान अक्सिमिटरलाई २ हजार २२० रुपैयाँसम्म बिक्री गरेको महाशाखाले जनाएको छ ।

उनीहरुले बिक्री गरेको अक्सिमिटर समेत प्रहरीले विभिन्न स्थानबाट बरामद गरेकोछ । कुलेश्वरस्थित बायोप्लस फार्मेसीबाट ८५ थान, थापाथलीस्थित नानोटेक फार्मेसीबाट २४ थान, चिरायु केडी ग्रुपबाट ९ थान, भारतीय नागरिक रानासारीयाको साथबाट ३९६ थान, सिन्धुपाल्चोकका भण्डारीको साथबाट ९१ थान बरामद भएको महाशाखाले जनाएको छ ।
चिरायु केडीले खरिद गरेको अक्सिमिटरमध्ये १६० थान नक्कली अक्सिमिटरहरु एनके लोजिष्टक, काठमाडौंबाट एनके लोजिष्टकै शाखा रहेको रुपन्देही पठाइएको भन्न बुझिन आएकोमा स्थानीय प्रहरीसँग समन्वय गरेर १६० थान अक्सिमिटर रुपन्देहीबाट बरामद भएको महाशाखाले जनाएको छ ।
उनीहरुलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० कसुरमा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । नक्कली अक्सिमिटर बजारमा पठाएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौं, वाणिज्य विभागसहितको संयुक्त टोलि अनुगमनका लागि गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्