सेयर ब्रोकर कार्यालयमा तीन कर्मचारी मात्र राख्न निर्देशन

<span class='c1'>सेयर ब्रोकर कार्यालयमा तीन</span> <span class='c2'>कर्मचारी मात्र राख्न निर्देशन</span>

नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ । बोर्डले विज्ञप्तिमार्फत आज सूचना प्रविधिसम्बन्धी कार्य गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार करम तत्काल उपलब्ध गराई सहयोग गर्ने, कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्ने र नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्