बालकको मृत्युपछि अस्पतालमा तोडफोड

<span class='c1'>बालकको मृत्युपछि</span> <span class='c2'>अस्पतालमा तोडफोड</span>

उपचारका क्रममा तीन वर्षीय बालकको मृत्युपछि सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्यान गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् ।
तोडफोडमा उत्रेका मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।
पखला लागेका बिरामी शेर्पालाई उपचारका लागि बुधबार फाप्लु अस्पताल ल्याइएकामा चिकित्सकले राम्रो जाँच नगरी औषधि लेखर तत्काल घर पठाएको आफन्तको गुनासो छ ।
बिरामीको अवस्था बिग्रदै गएपछि आज बिहान पुनः अस्पताल लाँदा पनि समयमा नै उपचार नगरिएको आफन्तको दावी छ । अस्पतालले लेखिदिएको औषधि लिन दोर्पुसम्म पुग्दा ढिला भएको मृतक बालकका बुबा दावा गेलु शेर्पाले बताउँनुभयो । जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधि सेवन नगर्दा अवस्था जटिल बनेको बताउनुभयो । औषधीको सट्टा फ्रुटीलगायतका खानेकुरा खुवाउनका साथै अवस्था जटिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृत्यु भएको अस्पतालको दावी छ । आफन्तले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्