सातै प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

सातै  प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

विराटनगर

आकृति रानी फुयल

कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित हुनुहुन्छ भने हामी तपाईहरुको सेवामा समर्पित छौँ निर्धक्क साथ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । कोभिडका बारेमा हामि अनलाइन क्लासको सेवा समेत दिदैं आएका छौं'।

त्यसैगरी महामारीका समयमा सेवा गर्न इच्छुक लाइसेन्स प्राप्त नर्सहरु पनि हाम्रो यो अभियानमा जोडिन सक्नुहुनेछ। हाललाई हाम्रो पराम्र्शकर्ताहरु ७ वटै प्रदेशमा हुनुहुन्छ। बिस्तारै सबैजना जोडिएपछि हामि ७७ वटै जिल्लाका नर्सहरुलाई अनलाईनमार्फत परामर्श कक्षा चलाउनेछौं। साथै उनले हरेक प्रदेशका नर्स परामर्शकर्ताको नम्बर समेत प्रदान गर्दै यदि आवश्यक परे फोन गरेर सेवा लिन सक्ने जानकारी दिईन्।

कोभिड बिशेष नर्स समूह परामर्शकर्ता नर्सका नम्बरहरु :

प्रदेश १ :
बिध्या बस्नेत-९८४२४९५२०७
प्रदेश २:
सृजना चौधरी-९८४५१८४६७८
बागमती प्रदेश:
ममता के. सी-९८४२२९७८७४
लुम्बिनी प्रदेश:
सुमित्रा ढकाल-९८४३६९७३०२
गण्डकी प्रदेश:
नीतु खड्का-९८६७९४५३८१
कर्णाली प्रदेश:
मोना दाहाल-९८४११२२९४५
सुदुर पश्चिम प्रदेश:
मीना चन्द-९८४८७३९४४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्