परीक्षणको दायरा बढाउन सप्तरीमा भिटिएम अभाव

<span class='c1'>परीक्षणको दायरा बढाउन</span> <span class='c2'>सप्तरीमा भिटिएम अभाव</span>

सप्तरीमा दैनिक रुपमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गइरहेका बेला यहाँ भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार परीक्षणको दायरा बढाउने क्रममा भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको हो । दैनिक १८० देखि २०० सम्म स्वाब सङ्कलन गर्दै आएको जनाउँदै अहिले आवश्यकताअनुसार भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो) अभाव देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

अब १०० भिटिएम मात्र बाँकी रहेको भन्दै यस विषयमा हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । तत्काल सप्तरीका लागि करीब पाँच हजार भिटिएमको आवश्यकता रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ ।

भिटिएम आउन ढिलाइ भए स्वाब सङ्कलन कार्य पनि प्रभावित हुन सकिने सम्भावना रहेको जनाउँदै रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने देखिएको उहाँले बताउनुभयो । शुक्रबार मात्रै सप्तरीमा ४७ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरबाट वैशाख महिनाभित्रमा सप्तरीमा २० जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये पछिल्ला तीन दिनमा मात्रै ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्