निषेधाज्ञामा समेत अवैध चोरी पैठारी र निकासी, विराटनगरका तीन स्थानबाट ३ लाख ८८ हजारको सामान बरामद

निषेधाज्ञामा समेत अवैध चोरी पैठारी र निकासी, विराटनगरका तीन स्थानबाट ३ लाख ८८ हजारको सामान बरामद

विराटनगर । निषेधाज्ञाको समयमा समेत भारतबाट अवैध रुपमा भित्र्याएइको ३ लाख ८८ हजार मूल्य बराबरको सामान प्रहरीले विराटनगरका तीन स्थानबाट बरामद गरेको छ । भन्सार चोरी पैठारी गरेर भित्र्याइएको सामान प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको जनाएको हो । तर, तीन स्थानबाटै बरामद सामान भने विराटनगर–९ पुरानो गुद्रीका बिमलेश कुमार साहले भित्र्याएको खुलेको छ ।

प्रहरीले विराटनगर–१७ मटेरुवा नाकाबाट चिनी, काजु, जिरा मसला लगायतको २ लाख २७ हजार, विराटनगर–१६ दरैयामा नेपालबाट भारत निकासी गर्दै गरेको चना, मटर, मरिच ५५ हजारको र विराटनगर–११ बसपार्कबाट लत्ता कपडा बरामद गरेको छ । बरामद सामान भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्