मोरङका बैंक तथा वित्तिय संस्था जेठ ११ गतेसम्म बन्द राख्न नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको अनुरोध

मोरङका बैंक तथा वित्तिय संस्था जेठ ११ गतेसम्म बन्द राख्न नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको अनुरोध

विराटनगर । मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन काार्यलयको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई कारोबार बन्द गर्न अनुरोधसहितको परिपत्र जारी गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तिय संस्थाका कर्मचारीले समेत बैकिङ कारोबार बन्द गर्नुपर्ने माग गर्दै आएका थिए । बन्दको अवधीमा समेत बैंक तथा वित्तिय संस्थामा देखिएको भीडले विराटनगर महानगरपालिकावासी भने त्रसित रहँदै आएका थिए ।

विराटनगरका कार्यालयका निर्देशक सत्येन्द्र तिम्सिनाले जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागलाई समेत बोदार्थ पठाउँदै बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गर्नु भएको छ । अनलाइन बैकिङ्ग, एटीएम र अन–कल सेवालाई व्यवस्थित गरि अन्य सम्पूर्ण कारोबार बन्द गर्न राष्ट्र बैंक विराटनगर कार्यालयले आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्