चौधरी फाउन्डेशन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

चौधरी फाउन्डेशन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाण्डौं । चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स( सँग आज समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ । त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड अस्पताल घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो। अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर\प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा सन्तोष लागेको बताउनु भएको थिया। नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई संकटमा सहकार्य गरेकोप्रति आभार व्यक्त गर्नु भएको थियो । ‘यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग भएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैंकका सीइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने बताउनुभयो । जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ, शाहले भन्नुभयो–त्यसैले पहिले अक्सिजनकै आपूर्तिमा लागेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्