समाजसेवी राउतद्वारा बरगाछी युवा समूहको शव व्यवस्थापन समितिलाई पिपीइ लगायत सामग्री सहयोग

समाजसेवी राउतद्वारा बरगाछी युवा समूहको शव व्यवस्थापन समितिलाई  पिपीइ लगायत  सामग्री सहयोग

विराटनगर

विश्वव्यापी महामारी कोभिड-१९को समयामा आफ्नो ज्यानको माया मारेर घर परिवार, दिनरात, भोक तिर्खा केहि नभनी बिराटनगर मा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिहरुको शव व्यवस्थापनमा होमिएका बरगाछी युवा समुहका साहशी युवाहरुले आज ५० सेट पिपीइ र माक्स १०००पिस सहयोग पाएका छन्।

उक्त सामाग्रीहरु बरगाछी युवा समुहका सदस्यहरु जो कोरोना संक्रमितको शव व्यवस्थापनमा लागेका छन् उनीहरुको लागि राउतले सहयोग गरेका उनले बताए। साथै उनले शव व्यवस्थापन समुहमा राम नेपाल, रबिन कार्की, दीक्षमान शाक्य ,रोशन पौडेल ,संजोग गौतम, अनुराग भण्डारी रहेको पनि उनले जानकारी दिए।

बिराटनगरको बरगाछी स्थित गुराँस पुस्तकालयको सहकार्यमा समाजसेवी राजेन्द्र राउतले सो सामग्रीहरु हस्तान्तरण गरेका पुस्तकालयका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता दिपक चापागाईंले जानकारी दिए। साथै उनले समाजमा यस्ता कार्य गरेको देख्दा सेवामा जुटेका युवाहरुलाई अझ बढी प्रेरणा र काम गर्ने उर्जा प्राप्त हुने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्