बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार फार्मेसीले २६ दिन अस्पताल बसेका बिरामीको उपचारमा चार लाख ५५ हजारको औषधि प्रयोग भएको भन्दै आफन्तलाई बिल थमाएको थियो । प्रयोग भएको भन्दा धेरै औषधीको बिल आएपछि बिरामीका आफन्तले प्रहरीमा खबर गरेका थिए ।

पश्चीमबासी फार्मेसीको सञ्चालकले पनि उपचारमा रहेका बिरामीलाई औषधीमा ठगी गरेको आरोप छ । औषधीको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले कालोबजारी गरेको पाइए कारवाही प्रक्रिया अघि बढाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्