विराटनगरबाट २२ लाख नगदसहित तीनजना हुण्डि कारोबारी नियन्त्रणमा

विराटनगरबाट २२ लाख नगदसहित तीनजना हुण्डि कारोबारी नियन्त्रणमा

विराटनगर । विराटनगरबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नगद २२ लाखसहित नियन्त्रणमा लिइएको छ । संलग्न तीनजनाको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको हो ।

विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा सुरक्षा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्रवण साहको साथबाट २१ लाख ७१ हजार ५ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बिहीबार ३ बजे नियमित सुरक्षा चेकजाँचका क्रममा साहले बोकेको रातो रंगको भिर्ने झोलाभित्र उक्त रकम राखेको भेटिएको थियो । प्रहरीले साहसँगै रहेका रंगेली नगरपालिका–१ बवियाविर्ताका २५ वर्षीया जिज्ञासा चौधरीको साथबाट भारु २३ हजार समेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरु हुण्डी कारोबारीमा संलग्न रहेको खुलेपछि प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले कारोबारमा संलग्न रहेका विराटनगरका १३ झमेली चोकका ३३ वर्षीय अमृत कुमार साह सुडीलाई समेत नियन्त्रणमा लिएको हो ।
साहको घर कोठा तलासी गर्दा मोबाइलमा नगद भौचर, डिपोजिट रसिद समेत फेला परेको प्रहरीले जनाएको छ ।
बरामद नगदसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा उनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राईले जानकारी दिनुभयो ।

उनीहरुले २०७७ चैत महिनादेखि एनआइसी एशिया, माछापुच्छ्रे, नविल, ग्लोबल आइएमई, गरिमा विकास बैंक र न्यू लाईफ सेभिङ एण्ड क्रेडिट सहकारीमा खाता खोलेर ह्वाट्स एपमार्फत हुण्डी कारोबार गर्ने गरेको जनाइएको छ ।
कारोबारको विवरण ह्वाट्स एपमार्फत आदान प्रदान गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्