विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष परासरको निधन

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष परासरको निधन

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि सुरुमा जनरल वेर्डमा राखेर उपचार गरिएका उनको स्वास्थ्यमा थप समस्या आएपछि बिहीबारबाट भेन्टिलेटरमा सारिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । परासरको एक जना छोरा, एक छोरी र श्रीमति छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ भन्सार समन्वय समितिका सभापति समेत रहनु भएका परासरलाई जण्डिसको समस्या समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्