प्रहरीले विराटनगर–१२ बखरीबाट एकाबिहानै उठायो तात्तातो तीनपाने रक्सी

प्रहरीले विराटनगर–१२ बखरीबाट एकाबिहानै उठायो तात्तातो तीनपाने रक्सी

विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो ।

प्रहरीले एकसय लिटर घरेलु रक्सी, एकसय लिटर रक्सीको कच्चा पदार्थ र आठवटा भाडावर्तन समेत बरामद गरेको छ । बरामद गरिएको रक्सी, कच्चा तथा भाडावर्तन जिल्ला प्रहरी कार्यालयले आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, विराटनगर महानगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा नष्ट गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्