एकथान मास्कमा १६२० नाफा, कोशी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक प्रहरी नियन्त्रणमा

<span class='c1'>एकथान मास्कमा १६२० नाफा, कोशी अस्पताल</span> <span class='c2'>अगाडीको अधिकारी मेडिकोका सञ्चालक प्रहरी नियन्त्रणमा</span>

विराटनगर । एकथान मास्कमा एक हजार ६२० रुपिँया मुनाफा आर्जन गर्ने मनसाय राख्ने विराटनगर कोशी अस्पताल अगाडीको एक फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मुनाफासहित ६ हजार ८८० बिक्री मूल्य भएको सिलिकन फूलफेस (एनआईभी) मास्कको मूल्य ८ हजार ५०० रुपैँया असुल्ने गर्ने विराटनगर–९ का भुपेन्दूनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारी मेडिकोमा मास्क खरिद गर्न गएका सुनसरी दुहवी–७ का श्याम चौधरीलाई रघुनन्दनले मास्क बिक्री गरेका थिए । कालोबजारी गरेर मास्क बढी मूल्यमा बिक्री गरेको सूचना पाएको प्रहरीले अधिकारी फार्मेसीबाट एकथान त्यहि मास्क बरामद गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार पक्राउ परेका भुपेन्द्र विरुद्ध कालोबजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही बढाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्