कोशी विद्या मन्दिर: प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुने शैक्षिक संस्था

कोशी विद्या मन्दिर: प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुने शैक्षिक संस्था

विराटनगर महानगरपालिका वडा नं. १० संसारीमाईस्थान पूर्वमा अवस्थित कोशी विद्या मन्दिर मा.वि.२८ औं बर्षमा प्रवेश गरेको छ । अँग्रेजी माध्यममा पढाई हुने यस विद्यालयले करिब तीन दशकको अवधिमा पूर्वाञ्चलमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । यस अवधिमा २३ वटा ब्याचलाई उच्च अंकका साथ कक्षा १० को एस.एल.सी वा एस.ई.ई. को राष्ट्रिय परीक्षा उत्तीर्ण गराउन विद्यालय सफल भइसकेको छ ।

यस क्रममा वि.सं. २०६८ सालमा विद्यालयका जेहेन्दार विद्यार्थी आवेशजँग कार्कीले बोर्ड दोस्रो स्थान हासिल गर्न सफल भए ।

सफल इतिहास र आधुनिक वर्तमान सँगसँगै आत्मसात गर्दै अघि बढिरहेको विद्यालय गुणस्तरीय विद्यालय शिक्षाको लागी अभिभावकहरुको पहिलो रोजाईमा पर्दै आएको छ । साथै यस विद्यालयले विगत दुई दशक देखि दर्जनौं विशेषज्ञ डाक्टरहरु, विश्वमा ख्याति कमाएका वैज्ञानिक, सयकडौंको संख्यामा उच्चकोटिका ईन्जिनियरहरु, बैंकर्सहरु, पत्रकारहरु, अन्य व्यवसायीहरु उत्पादन गरी देश-विदेशमा जनसेवामा लगाउन सफल भएको छ ।
विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिई उनिहरुको सर्वांगीण व्यक्तित्व विकासका निम्ति खेलकूद, योग-प्राणायाम, वाद-विवाद प्रतियोगिता, नृत्य-संगीत कक्षा, मार्शलआर्ट कक्षा आदि नियमित सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरुको सही बौद्धिक विकास र प्रयोगात्मक ज्ञानका निम्ति पुस्तकालय, कम्प्युटर ल्याबको समेत अत्यन्त राम्रो व्यवस्था गरेको छ ।

कक्षा १० सम्म ख्यातिप्राप्त यस विद्यालयले बिगत तिन बर्षदेखि माध्यमिक तहको माथिल्लो कक्षाहरु ११ र १२ व्यवस्थापन तर्फका रोजगारमूलक बिषयहरुः- होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टूरिज्म, कम्प्यूटर विज्ञान, लेखा आदि समेटी सफलतापूर्वक अध्यापन कार्य सुचारु रहेको छ । मुलुकमै बिषय विशेषमा नाम कमाएका प्राध्यापकहरुको सँलग्नतामा र पाँचतारे सुविधासम्पन्न होटल म्यानेजमेण्ट ल्याब र रेष्टुरेन्ट सहित छुट्टै भवनमा व्यवस्थापन समूहका बिषयहरुको अध्यापन भईरहेको र रोजगारी समेतको ग्यारेण्टी भएकोले कोशी विद्या मन्दिरको होटल म्यानेजमेन्ट विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ ।

स्टेट अफ आर्ट विज्ञान तर्फ भौतिकशास्त्र, रसायन शास्त्र, जीवविज्ञान, कम्प्यूटर विज्ञान जस्ता बिषयहरुका प्रयोगशाला, उच्च प्रविधि सहितको अडियो-भिडियो कक्षा प्रयोग गरी युवा प्राध्यापकहरुको अगुवाईमा यहि शैक्षिक सत्र २०७८ देखि कक्षा ११ र १२ मा समेत विद्यार्थी भर्ना खुला गरेको छ ।
गत शैक्षिक सत्र २०७७ को प्रारम्भ देखिनै मुलुकभरी शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा पनि विद्यार्थीहरुको पठनपाठन लाई प्रविधिको प्रयोग गरी विद्यालयले अनलाईन कक्षाहरु प्रारम्भ गर्यो । साथै चालु शैक्षिक सत्र २०७८ का लागी जेठ महिना देखिनै अन्तरराष्ट्रिय रुपमा विद्यालय-कलेजहरुमा प्रयोग हुने गुगल सुइट फर एजुकेशन सफ्टवेयर प्रयोग गरी अनलाईन कक्षाहरु प्रारम्भ गर्ने तयारी पुरा भएको छ ।
र हाल यि सम्पूर्ण विशेता र सहुलियतपूर्ण शुल्क संरचना सहित यस कोशी विद्या मन्दिरले प्ले ग्रुप देखि कक्षा ९ सम्म उपलब्ध सिमित सिटहरुमा शैक्षिक सत्र २०७८ का लागी भर्ना खुल्ला गरेको छ ।

अनलाईन मार्फत रजिस्ट्रेशनका लागि क्लिक गर्नुहोस् ।

नोट: यो विशेष शृखंलामा हामी विराटनगर र वरिपरिका उत्कृष्ट शैक्षिक संस्थाहरुका बारेमा लेख्ने छौं । साथै ति शैक्षिक संस्थाको प्रवर्धन गर्नेछौं । यहाँहरुको शैक्षिक संस्थालाई यस शृखंलामा समावेश गर्न आवर विराटनगरलाई सम्झनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्