हिसान मोरङद्धारा कोशी कोभिड युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

<span class='c1'>हिसान मोरङद्धारा कोशी कोभिड</span> <span class='c2'>युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्धारा कोशी कोभिड १९ युनिटलाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरिएको छ । कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै हिसान मोरङले आज विराटनगर स्थित कोशी अस्पताल परिसरमा रहेको कोशी कोभिड १९ युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

चारदिन अघि संचालनमा आएको ६२ शै्याको उपचार केन्द्रका लागी आवश्यक पर्ने अक्सिजन, त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई पिपिइ र सेनिटाईजर लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।
हिसान मोरङमा आवद्ध विराटनगरका एक दर्जन बढी कलेजले आर्थिक रकम जुटाएर ३० थान अक्सिजन सिलिन्डर, २ हजार थान सर्जिकल माक्स १०१ थान पिपिइ सेट, १ सय लिटर सेजिटाईजर, १ सय थान रिजार्भायर लगायत ५ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली , कोशी अस्पतालका मेसु डा. चुमनलाल दास लगायत हिसान मोरङका पदाधिकारीहरुको सहभागिता रहेको थियो । हिसानले अस्पतालका मेसु दासलाई सामान हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्