विराटनगरको सिर्जना फाइनान्स सिटिजन्स बैंकसँग ‘मर्ज’ हुने

विराटनगरको सिर्जना फाइनान्स सिटिजन्स बैंकसँग ‘मर्ज’ हुने

विराटनगर। बिराटनरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई सिटिजन्स बैंकले प्राप्ति (एक्वायर) गरेको छ । सिटिजन्स र सिर्जना फाइनान्सबीच एक्वायर गर्ने अन्तिम सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गर्नु भएको छ । चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

दुबै संस्थाले आफ्नो विशेष साधारणसभाबाट अन्तिम सम्झौता पारित गर्ने छन् । सो सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुनेछ । गएको माघ २८ गते दुई संस्थाले प्राप्तिका लागि प्रारम्भीक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता सेयर पाउने छन । प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

सिर्जनालाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप परिचालन १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा प्रवाह पनि १ खर्ब २१ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल शाखा संख्या १८९ हुनेछ । बैंकले प्रत्येक प्रदेशमा बलियो उपस्थिती जनाउन मर्जर र प्राप्ति प्रक्रियालाई जोड दिंदै आएको छ । ग्राहक संख्या बढेर १२ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्