विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको परिवार र सुभेच्छुकहरुले दुर्गा प्रसाँईको अस्पताल बिएण्डसी मेडिकल कलेज ब्यहोर्ने भनिएको उपचार खर्च लिन अस्विकार गरेका छन् । मेडिसिटि अस्पतालको सघन कक्षमा उपचारार्थ रहनु भएको उज्वल थापाको स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ । उहाँको उपचारका लागि आर्थिक सहयोग अभियानसमेत शुरुआत भएको अवस्थामा प्रसाँईले एक विज्ञप्ति मार्फत सहयोगको घोषणा गरेका थिए । तर आज विवेकशिल साझाका संयोजक मिलन पाण्डेले परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट एक विज्ञप्ती जारी गर्दै हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उनले दिने भनेको सहयोग आवश्यक नपर्ने जानकारी गराएका छन् ।
पाण्डेले थापाको सहयोगका लागि खोलिएको गोफन्डमीमा विदेशमा बस्ने नेपालीबा अमेरिकी डलर २२,२९१ (करिब २६ लाख नेपाली रुपैयाँ) र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भई सकेको जानकारी दिए ।
यस्तो छ विज्ञप्तीको पुर्णपाठ
उज्वल थापाको स्वास्थ्य स्थितिको बारेमा जानकारी
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ ।
सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।
उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १५ गते
थापालाई सहयोग गर्नका लागि :
नेपाल बाहिरबाट सहयोग गर्न-
https://gofund.me/f131b9eb
नेपालबाटै सहयोग गर्न-
१) A/C Holder Name: AALOK SUBEDI
Account Number: 1940105065400001
Bank Name: Kumari Bank Ltd.
Branch: Maitidevi
Or
२) Khalti: 9810276473
Or
३) Esewa: 9810276473