महामारीको जोखिम कायमै: ‘सिल’अवधि लम्ब्याउँदै यि स्थानीय तहहरु

महामारीको जोखिम कायमै: ‘सिल’अवधि लम्ब्याउँदै यि स्थानीय तहहरु

यही जेठ ४ गतेदेखि चार दिन नगर–क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोना भाइरस् सङ्क्रमणसदर देखिएपछि गत बुधबार सिलको अवधि दोस्रोपटक पाँच दिन लम्ब्याएको छ ।

जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले एकैपटक पुनः १० दिन सिलको अवधि थप्यो । जेठ ८ गतेदेखि चार दिन सिल गरेको पनौती नगरपालिकाले पाँच दिन सिल–अवधि थपेको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिकाले दोस्रोपटक सात दिन सिलको अवधि थपेका छन् । “सङ्क्रमणदर बढिरहेकाले सिल–अवधि दोस्रोपटक लम्ब्याउनुप¥यो, हाल सङ्क्रमणदर केही घटेको छ, थप सिलबारे छल गर्नेछौँ”, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो ।

उहाँका अनुसार हाल नगरमा थप कडाइ गरिएको छ । नगरपालिकाले मर्निङ–वाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । बनेपामा हाल ५२१ सक्रिय सङ्क्रमित छन् भने २१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नमोबुद्धले पनि थप गरेको सातदिने नगर क्षेत्रको सिल अवधि जारी छ । पाँचखालले भने जेठ ८ गतेदेखि एकैपटक १५ दिन नगर सिल गरेको छ । उसले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररुपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यक सेवाबाहेक गत बुधबार एकैपटक १० दिन नगरक्षेत्र सिल ग¥यो । बेथानचोक गाउँपालिकाको छदिने र भुम्लु गाउँपालिकाको पाँचदिने सिल अवधि जारी छ ।

भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले पछिल्ला केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि गाउँपालिका क्षेत्र सिल गर्नुपरेको उल्लेख गर्दै सिल–अवधि थप्नेबारे छलफल भइरहेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै हाल जिल्लाका आठ स्थानीय तहको सिल जारी अवस्थामा रहेको छ । सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवावाहक सबै पूर्णरुपमा बन्द गरेको जनाएका हुन् ।

साथै सिल गरिएका स्थानीय तहले फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि बुधबारदेखि दोस्रोपटक एकै पटक जिल्लामा दश दिन निषेधाज्ञा थपेको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा जिल्लामा २१४ मा कोरोना सङ्क्रमण पुष्टि भयो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार पछिल्लो २४ घण्टामा १९७ सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ५९९ सक्रिय सङ्क्रमित छन् । जिल्लामा सबैभन्दा बढी बनेपामा २० प्रतिशत् अर्थात् ५२१ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ४५६, पनौतीमा ३२४, पाँचखालमा ३५०, नमोबुद्धमा १४८ र मण्डनदेउपुरमा २०९ सक्रिय सङ्क्रमित छन् ।

यस्तै रोशीमा १२५, चौँरीदेउरालीमा ६१, तेमालमा ९८, भुम्लुमा १२७, खानीखोलामा २१, बेथानचोकमा १२९ र महाभारत गाउँपालिका ३० सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत् अर्थात् दुई हजार ४७७ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १२१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्