मदिराको मूल्य बढ्दैः इन्डक्सन चुल्होको घट्दै

<span class='c1'>मदिराको मूल्य बढ्दैः</span> <span class='c2'>इन्डक्सन चुल्होको घट्दै</span>

सरकारले आगामी आर्थिक वर्षका लागि शनिवार सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।
इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प्रवद्र्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि ५० प्रतिशतले घटाइएको छ । मूल्य थपघटको व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
डेबिट कार्ड, क्रेडिट कार्ड, क्युआर कोड, स्क्यान–टु–पेलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरीद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था पनि बजेटले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्