मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र ! – अभिषेक भट्टराई

मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र ! – अभिषेक भट्टराई

माननीय मुख्यमन्त्री ज्यु,
प्रदेश १

हाम्रो पहुँच भन्दा धेरै टाढा रह्नुभएको तपाईले सायद यो पत्र देख्न अनि हेर्न पाउनु हुन्न, तर पनि आशावादी म तपाईं लाई यो पत्र लेख्दै छु । आज हाम्रो प्रदेश १ कोभिड -१९ महामारीले अत्यन्तै कठिन अवस्था भोग्न बाध्य छ । तपाईं लाई थाहा होला या नहोला, संक्रमीत भईसके पछि भाईरसले शरिर लाई कठिनाई दिई रहेकै हुन्छ त्यो भन्दा बढी मानसिक तनाब त गार्हो सार्हो पर्दा अस्पतालमा बेड नपाईएला कि भन्ने चिन्ताले सताईरहेको हुन्छ । यो बेलामा तपाईंले एउटा अभिभावक भएर जनता लाई सरकार भएको आभाष दिलाउनु पर्ने हो तर तपाईं लाई बेला बेला शुभकामना मन्तव्य सहित फेस्बुका त कहिले पार्टीको आन्तरिक समस्याको विवाद बारे बोल्दै गर्दा समाचारको Tittle मा बाहेक कहि भेटन सकिएन ।

मुख्यमन्त्री ज्यु, जब जब भारतमा कोभिड संक्रमण तिब्र गतिमा बिस्तार हुँदै गरेको थियो, भारत संग खुल्ला सिमा नाका भएको हाम्रो प्रदेश संक्रमण बढछ भन्ने कुरा सबै पहुँच बाहिर भएको म एक आम सर्वसाधारण लाई थाहा थियो भने तपाईं यश बारेमा अवगत नहुने कुरै भएन । तर तपाईं लाई त्यो बेलामा जनताको ज्यान जोगाउन भन्दा बढी चिन्ता आफ्नो कुर्सी जोगाउन थियो । तपाईं लाई जनताको जीवन कति प्यारो छ भन्ने कुरा त केही समय अगाडि बेलबारीमा सडकमा छटपटाईरहेका घाईतेको छेउ बाट सवारी भईरहेको तपाईको सवारी बाटै प्रष्ट हुन्छ ।

हुनत तपाईं हेलिकप्टर र प्राडो पजेरोमा हिडने मान्छे एउटा आम सर्वसाधारणको अवस्था देख्नु भएको छैन होला । आज भईरहेको निषेधाज्ञाका कारण हरेक क्षेत्र आक्रन्त छ, यो बेलामा बिहान काम गरेर बेलुका छाक टार्ने मजदुरको अवस्था बारे जानकारी हुनुहुन्छ ? सडकको पेटिमा बसेर तरकारी - फलफुल बेचेर आफ्नो पेट पाल्ने बुढी आमाको अवस्था बारे बुझ्ने प्रयास गर्नु भएको छ ?

अस्पतालमा शैया नपाएर विरामी बुवा लाई लिएर भौतारिरहेका छोरा को भावना बुझ्नु भएको छ ?
छोराका लागि एक शिलिन्डर अक्सिजन नपाएर भौतारिरहेकी आमाको मातृत्व कहिलै बुझ्नु भयो ?
आज यस संक्रमण लाई रोक्न र नियन्त्रण गर्न भ्याक्सिन नै सबै भन्दा उत्तम उपाय भन्ने कुरा थाहा हुदा हुँदै तपाईंले आफ्नो प्रदेशका जनता लाई Vaccinate गर्नका लागि कहिलै पहल गर्नु भयो ?
जनता लाई भ्याक्सिन प्रदान गर्नु भन्दा आफ्ना नजिकका कार्यकर्ता र आफू लाई सहयोग गर्ने व्यापारी लाई भ्याक्सिन प्रदान गर्नु पर्छ भन्ने कुरा लाई तपाईले प्राथमिकता महसुह गर्नुभयो ।
सबै ध्यान, शक्ती, श्रोत र जनशक्ति लाई एकीकृत गरि पुर्ण रुपमा महामारी नियन्त्रण र रोकथाममा लगाउनु पर्ने बेलामा तपाईको सरकारको प्राथमिकता लोकल रक्सी को ब्रान्ड प्रमोशन हो ?
यो महामारी विरुद्दको युद्धमा सैनिकका रुपमा आफ्नो र परिवारको ज्यानको बाजि लगाएर अहोरात्र खटिरहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको कुरा सुन्ने र अझ हौसला बढाउने कार्य कहिलै गर्नुभयो ?
मुख्यमन्त्री ज्यु,
पद भनेको शक्ति र श्रोत को प्रयोग गर्ने ठाउँ मात्र हैन, पद भनेको जिम्मेवारी पनि हो । तपाईं आफ्नो कार्यकर्ताको लागि मात्र मुख्य मन्त्री हैन तपाईं प्रदेश १ बासीको मुख्य मन्त्री हो । तर अहिले हामीले तपाईं लाई मुख्यमन्त्रीको रुपमा आभाष गर्न नपादा मन दुखित भएको छ ।

उहीँ तपाईको एक प्रदेशवासी
अभिषेक भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्