विराटनगरमा ‘चिकित्सक सेम्पल’ औषधीमा लेवल लगाएर बिक्री गरेको आरोपमा जनता मेडिकलका रजक पक्राउ

विराटनगरमा ‘चिकित्सक सेम्पल’ औषधीमा लेवल लगाएर बिक्री गरेको आरोपमा जनता मेडिकलका रजक पक्राउ

विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोरका सञ्चालक पक्राउ परेका हुन् ।

फिजिसियन स्याम्पलको दुरूपयोग गरेको आरोपमा ३५ वर्षिय रबि कुमार रजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी आइतबार बरामद समेत गरेको छ ।
रजकको घर भित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन स्याम्पल औषधी र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बरामद गरिएको थियो । प्रहरीले मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारमा छापा हानेर बरामद गरेको छ ।

फार्मेशी संचालक रजकले ठूलो परिमाणमा अनुचित रूपमा फिजिसियन औषधी संचय गरेर राखेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिनुभयो । रजकको घरदेखि बरामद गरिएको औषधीको बिलबिजक पनि छैन । यसरी ठूलो परिमाणमा बिलबिजक बिना फिजिसियन औषधी संचय गरेर राखिनु गैरकानुनी हुने विभागका प्रमुख कट्टेलको भनाई छ ।
पक्राउ परेका रजकको विराटनगरमा थुप्रै फार्मेशीहरू छन् । फार्मेशीमार्फत फिसिजियन सेम्पल औषधी नयाँ लेबल टाँस गरि बिक्री वितरण गर्ने गरेको सूचना मोरङ प्रहरीमा पुगेपछि छापा मारेको हो । प्रहरीले सुरूमा जितु मेडिको र शिव मेडिकोमा छापा हानेको थियो । ती फार्मेशीमा उक्त औषधी फेला परेको थिएन । पछि घरमा छापा हान्दा औषधी बरामद भएको थियो ।

प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि पक्राउ परेका रजकले फिजिसयन सेम्कपल औषधीमा अर्को कम्पनीको लेबल राखेर पनि बिक्री वितरण गर्ने गरेको खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनु्सार अनुचित रूपमा औषधीको संचय गरि राखेको अवस्थामा बरामद भएका सामाग्रीको थप अनुसन्धान हुनेछ । प्रहरीले रजकको घरदेखि विभिन्न बैंकको १ सय ७० वटा एटिएम पनि बरामद गरेको छ । पक्राउ परेका रजकलाई प्रहरी र औषधी व्यवस्था विभागले छुटा–छुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले रजकलाई कालोबजार, केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान गर्ने एसपी खड्काले जानकारी दिए । विभागले पनि औषधीको अनुचित प्रयोग गरेको भन्दै औषधी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्