खोपका लागि बजेट विनियोजनपछि जागेको आशा

खोपका लागि बजेट विनियोजनपछि जागेको आशा

कोरोना महामारीको दुई जोखिमपूर्ण लहरसँग जुधिरहँदा निराशा र डर पैदा भएका स्थानीयबासीमा सरकारले नयाँ बजेटमै खोप खरिदका लागि पर्याप्त व्यवस्था गरेपछि सकारात्मक सञ्चार भएको छ ।
गाउँघरमा भर्खरका लाउलाउ खाउखाउ भन्ने उमेर भएकाहरूको पनि कोरोना सङ्मणका कारण मृत्यु भएको र कोरोनाविरुद्ध लड्न सक्ने प्रभावकारी उपाय नै खोप भएको तर नेपालमा कहिले खोप आउला भन्ने चिन्तामा रहेकामा अब त्यो चिन्ता हट्न थालेको छ ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि २६ अर्ब ७५ करोडसहित अन्य उपचारका लागि गरेर रु. ३७ अर्ब ५३ करोड विनियोजन गर्नुभएको थियो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट खोपका लागि भएका कूटनीतिक पहल र अहिले सरकारले विनियोजन गरेको बजेटले जनताले छिट्टै निःशुल्क खोप लगाउन पाउने आशा जगाएको यातायात व्यवसायी निर्मलकुमार मिश्रको विश्वास छ । कोरोना कहरका कारण सबै क्षेत्रमा प्रभाव परेकोले पनि खोप मुख्य आवश्यकता थियो, त्यही बुझेर सरकारले खोपका लागि बजेट छुट्टाउनुले सरकार जनताको जीवन रक्षाका लागि चिन्तित रहेछ भन्ने प्रमाणित भएको मिश्रको बुझाइ छ ।
स्थानीय धनसरा बिनाडी सरकारले बृद्धबृद्धालाई सम्मान र मायाका साथ खोप दिएको थियो हामी आफ्ना उमेर पुगेका छोरा नातिहरूले लगाउन पाउलान् नपाउलान् भन्नेमा चिन्तित रहेकामा बजेट विजियोजन गरेपछि भने अब छोरा नातिहरू पनि कोरोनाविरुद्धको खोप लगाएर सुरक्षित हुन पाउने कुरामा विश्वस्त भएको बताउनुहुन्छ ।
‘‘हामी डाँडामाथिका घाम जस्ताले खोप लगाएका थियौँ तर भविष्य बोकेकाहरू वञ्चित थिए अब सरकारले यिनीहरुलाई पनि खोप लगाउने भयो । राम्रो भयो ।’’
कोरोना कहरसँग गत वर्षदेखि जुधिरहेका आम जनतामा खोपका लागि बजेट विनियोजन गरेपछि उत्साह देखिएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखाका उपप्रमुख वेद चौधरी बताउनुहुन्छ । विगत लामो समय देखी कोरोनसँग जुधिरहँदा कोरोनाविरुद्धको एउटै विश्वासिलो खोप आफ्नो देशमा आफूहरूले लगाउन नपाइएला कि भन्ने सोचका कारण तनाव लिनेहरू पनि सरकारले गरेको खोप पहल र बजेट विनियोजनले हर्षित भएको चौधरी बताउनुहुन्छ ।
अस्पताललाई दुई एम्बुलेन्स प्रदान
महामारीको समयमा सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन समस्या भइरहेको समयमा कैलालीको लम्किचुहा नगरपालिकाले लम्की अस्पताललाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख महादेव बजगाईँले सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिको उद्देश्य बमोजिम सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क र अपाङ्ग तथा ज्येष्ठ नागरिकले विशेष छुटमा एम्बुलेन्स प्रयोग गर्न पाउने बताउनुभयो ।
पालिकाले रु २२ लाख ५ हजार लागतमा खरिद गरी अस्पताललाई प्रदान गरेको दुई एम्बुलेन्स मध्येबाट एउटा कोरोना सङ्क्रमितका लागि प्रयोग हुनेछ भने अर्को अन्य बिरामीका लागी प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्