विराटनगरका दुई फार्मेसी बन्द गराईयो, सेवाग्राही ठग्ने यादव भने फरार

विराटनगरका दुई फार्मेसी बन्द गराईयो, सेवाग्राही ठग्ने यादव भने फरार

विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरले विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि सोमबार अनुगमनमा पुगेको टोलीले फार्मेसी बन्द गरेको हो ।

अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए । टाइम्स फर्मा र रियाङ्शी मेडिलाई रितपूर्वक व्यवसाय नगरेको भन्दै बन्द गरिएको छ । विभागको विराटनगरस्थित कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलका अनुसार कारोबार गर्ने सम्बन्धित व्यक्तिको नाममा लाइसेन्स नभएको र अर्कै व्यक्तिको नाममा रहेको लाइसेन्समा कारोबार गरेको देखिएपछि बन्द गरिएको हो ।

बोर्ड नराखि औषधी पसल सञ्चालन गरेर सेवाग्राही ठग्ने एउटा फार्मेसी सञ्चालक पसल बन्द गरेर भागेका छन् । अस्पताल चोकदेखि दक्षिणतर्फ जाने सडकमा रहेको फार्मेसी सञ्चालक शङ्कर यादव भागेका हुन् । उनले एकजना बिरामीलाई अनावश्यक रुपमा औषधी तथा मेडिकल सामाग्री बिक्री गरेको देखाएर ठगेका थिए ।

यादवले बिरामी ठग्न अस्पतालले चौकमा बोर्ड नराखि फार्मेसी सञ्चालन गरेरकन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएको बुझिएको छ । त्यो विषय बाहिर आएपछि प्रहरीले समेत घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ । औषधिका नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमनका लागि टोली पुग्दा यादव भागेका थिए । उनका अनुसार टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीबाट दर्ताविनाको सेनिटाइजर बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्