आफैं सच्यायो फार्मेसीले आफ्नो बद्मासी, १ लाख ३० हजारको औषधी बिक्री गरेर ३ लाख ५ हजारको बिल बनाएको स्वीकार

आफैं सच्यायो फार्मेसीले आफ्नो बद्मासी, १ लाख ३० हजारको औषधी बिक्री गरेर ३ लाख ५ हजारको बिल बनाएको स्वीकार

प्रेम देवान

विराटनगर । विराटनगर हस्पिटल चौकस्थितएक फार्मेसीले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको खुलेको छ । विराटटनगर कन्चनबारीमा रहेको हेल्थ केयर फार्मेसीको नामबाट अस्पताल चौकमा गैरकानुनी तवरले सञ्चालित फार्मेसीले मनमौजी रुपमा सेवाग्राहीलाई ठगी गर्ने खुलेको हो । फार्मेसीका सञ्चालकले सेवाग्राहीलाई आफैं थमाएको ३ लाख ५ हजारको बिल संशोधन गर्दै १ लाख ३० हजारको मात्रै औषधी खपत भएको स्वीकार गरेको हो ।

सिरहा जिल्लाको गोलबजार नगरपालीका १३ का ५५ बर्षीय विन्देश्वर पासवान विरामी भई विराटनगरमा रहेको गोल्डेल आस्पतालमा उपचारको लागि ल्याउँदा एकलाख ३० हजार मूल्यको औषधी बिक्री गरेर तीनलाख ५ हजारको बिल बनाएको खुलेको छ । १८ दिनसम्म बिरामी अस्तालमा राखेका आफन्तले उपचारका क्रममा अस्पताल भन्दा फार्मेसीलाई बढी तिर्नुपर्ने देखिएको छ ।
हस्पिटलबाट डिस्चार्ज हुने बेलामा फार्मेसीमा औषधीको विल बुझ्न जादाँ ३ लाख ५ हजार भएको विरामीका आफन्तले बताएका थिए । आफुलाई उक्त पसलमा सिरहाबाटै आएको एमुलेन्सका चालकले औषधी खरिदका लागि सम्पर्क गराएको श्रीमती चन्द्रकला पासवानले बताईन् ।

आवर विराटनगरले सेवाग्राही ठगी गरेको विषयमा समचार प्रकाशित गरेपछि अस्पताल चौकको उक्त औषधी पसलले आफैंले सुरुमा बनाएको बिल संशोधन गरेको छ । फार्मेसी सञ्चालकले १ लाख ९५ हजार ४७९ को बिल भएको भन्दै त्यो रकम बुझाउन बिरामीका आफन्तलाई दवाव दिईरहेका छन् । यस अगाडी त्यहि फार्मेसीले ३ लाख ५ हजारको बिल थमाएपछि अत्तालिएका सेवाग्राहीले अहिलेसम्म औषधीको रकम बुझाउन सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।

सेवाग्राहीले यस अगाडी नै ३५ हजार डिपोजिट राखेका थिए । सञ्चालकले मनमौजी बनाएको बिल ३ लाख ५ हजार संशोधन गर्दै १ लाख ९५ हजारमा १० प्रतिशत छुट समेत दिएर १ लाख ३० हजार बुझाउनु पर्ने दवाव दिईरहेका हुन् । यतिसम्म ठगी गर्ने मनसाय समेत देखिएको थियो की, हातमा प्रयोग गरिने पञ्जाको मात्रै ५५ हजार रुपैँया बिल बनाइएको थियो । एकजना बिरामीका लागि दैनिक ६०० थान पन्जा प्रयोग गरिएको फार्मेसीको बिल अनुसार देखिन्छ । बिरामीका छोरा गर्दिप पासवानले एउटै औषधीको एक हजारदेखि ६ हजारसम्मको बिल बनाएर रकम बुझाउन दवाव दिने गरेको गुनासो गरेका छन् । औषधी संचालकले आहिले फोन गरेर एक लाख ३० हजार रकम मागेको पासवानले सुनाए ।
गैरकानुनी रुपमा सञ्चालित अस्पताल चौकको उक्त औषधी पसलका सञ्चालक भने सेवाग्राहीलाई ठगी गरेर फरार भएका छन् । फार्मेसीमा बसेका अन्य कर्मचारीले बिलिङ मिस्टेक भएको भन्दै यो समस्यालाई सतही रुपमा पन्छाउन खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्