निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरका चार पसललाई ३० हजारका दरले जरिवाना

निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरका चार पसललाई ३० हजारका दरले जरिवाना

विराटनगर । निषेधाज्ञाको उल्लंघन गर्दै पसल खोलेको आरोपमा स्थानीय प्रशासनले विराटनगरका चारजना व्यापारीलाई जनही ३० हजारका दरले जरिवाना असुल गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ उल्लंघन आरोपमा उनीहरुलाई जरिवाना भराइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायम प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही सुरु गरिएको जाानकारी दिनुभयो । कोरोना संक्रमणको फैलावट र जोखिम उस्तै रहेको स्थितिमा जारी निषेधाज्ञामा खोल्न नमिल्ने पसलहरु खोलेको पाइएपछि आज एकैदिन चारजना पसललाई जरिवाना गरिएको छ, प्रवक्ता पोखरेलले भन्नुभयो–बुधबारदेखि थप कडाईका साथ निषेधाज्ञा कार्यन्वयन गराईने छ ।

निषेधाज्ञा आदेशमा स्पष्टसँग कुन–कुन कारोबार गर्ने र कुन नगर्ने भनेर जानकारी गराईसकिएकोले अत्यावश्यक बाहेकका कारोबार गर्न कुनैपनि अवस्थामा छुट दिन नसक्ने अवस्थामा स्थानीय प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालयले मंगलबार राजेश बर्मा, सुमन साह, चुन्नी यादव, अजय राय लाई जनही ३० हजारका दरले जरिवाना भराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्