बलात्कारका चार आरोपी थुनामा

<span class='c1'>बलात्कारका चार</span> <span class='c2'>आरोपी थुनामा</span>

बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो ।

उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्