तेस्रो लहरमा बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा : मन्त्री त्रिपाठी

<span class='c1'>तेस्रो लहरमा बालबालिका जोगाउने पूर्वाधारको</span> <span class='c2'>पूर्वतयारी युद्धस्तरमा : मन्त्री त्रिपाठी</span>

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताउनुभएको छ । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्र्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उहाँले बताउनुभयो ।

गृहजिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको बताउँदै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप लगाएका नागरिकलाई दोस्रो डोज लगाउन भारतबाट थप सात लाख डोज खरिद गरी १७ लाख डोज खोप आउने सुनिश्चिता हुन लागेको जानकारी दिनुभयो । कोभिड–१९ को उपचारको औषधि नभएकाले सरकारको पहिलो प्राथमिकता खोप नै रहेको बताउनुभयो । उहाँले आगामी चुनावसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने उल्लेख गर्नुभयो ।

रसियाले पनि आगामी डिसेम्बरसम्म ८० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको जानकारी दिँदै मन्त्री त्रिपाठले ४० लाख डोज खोप तत्काल पठाउन आफूले आग्रह गरेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिनुभयो । उहाँले जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताउनुभयो । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताउनुभयो ।

सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्