हुम्लामा लक्षण विनाका सङ्क्रमित बढ्दै

<span class='c1'>हुम्लामा लक्षण विनाका</span> <span class='c2'>सङ्क्रमित बढ्दै</span>

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताउनुभयो । कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताउनुभयो । जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उहाँले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्