जहदाबाट ४ लाख ९० हजार बराबरको मदिरा बरामद

जहदाबाट ४ लाख ९० हजार बराबरको मदिरा बरामद

विराटनगर । जहदा गाउँपालिका–१ बुधनगरबाट प्रहरीले ४ लाख ९० हजार बढीको मदिरा बरामद गरेको छ । त्यहाँस्थित उत्तर–दक्षिण सडक खण्डको खाली जग्गामा लुकाएर राखिएको सूचना पाएपछि गएको प्रहरीले मदिरा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलिले त्यहि स्थानबाट को ३२ प.९५२१ नम्बरको होण्डा र को.२० प.८७६१७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

मोटर साइकल समेत मदिरा लोड गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ कार्टुन, उमंग लेखिएको ३०० मिलीग्रामको २७७ कार्टुन र विभिन्न ब्राण्डको १९०० बोतल मदिरा बरामद गरेको छ ।
प्रहरीले मदिराको अवैध कारोबार गर्ने गरेको आशंकामा अजय यादव, जीतु यादव र विकास यादवलाई समेत नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले सोमबार दिउँसो छोडेको छ । व्यवसायी अजय यादवले नियम अनुसार माग गरिएको मदिरा प्रहरीले घर र पसलमा घेरा हालेर नियन्त्रणमा लिइएको बताउनुभयो ।

प्रहरीले अनावश्यक रुपमा दुःख दिएको भन्दै स्थानीयले समेत त्यसको विरोध गरेका छन् । सीमापारी भारत पठाउन लागिएको आशंका गर्दै प्रहरीले मदिरा बरामद गरेको बुझाई रहेपनि नेपाल भित्रै कानुनी रुपमा खरिद गरिएको मदिरा त्यसरी नियन्त्रणमा लिएर भन्सार बुझाउने काम गलत रहेको उनले बताए । सीमा क्षेत्रबाट बरामद गरेको हैन, घरमै छापा हानेर मदिरा नियन्त्रणमा लिनु गलत छ, अजयले भने–दर्ता भएको व्यवसायीक कारोबार छ, कर बुझाईरहेको छु । यादवले प्रहरीले आफूसँग बार्गेनिङ गर्ने शैलीमा गलत काम गरिरहेको आरोप समेत लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्