होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश

<span class='c1'>होम डेलिभरी सेवा</span> <span class='c2'>नरोक्न अन्तरिम आदेश</span>

सर्वोच्च अदालतले कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”
बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्