एमालेद्वारा कर्णाली प्रदेशसभाको सदन अवरुद्ध

<span class='c1'>एमालेद्वारा कर्णाली प्रदेशसभाको</span> <span class='c2'>सदन अवरुद्ध</span>

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो ।
बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई बर्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरुद्व पारेका थिए ।

सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गर्नुभएको थियो । एमालेले बैठक अवरुद्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो । बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई बर्खास्त गर्न माग गर्नुभयो । साथै उहाँले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गर्नुभयो । उहाँले आफ्नो धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरु उठेर बैठक अवरुद्व पारेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ ।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने क्रममा एमालेबाट निर्वाचित थापाले ‘फ्लोर क्रस’ गर्नुभएको थियो । एमालेबाट निष्काशित थापा लगत्तै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई किर्ते जालसाजीसम्बन्धी अभियोगमा तत्कालीन जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले दोषी ठहर गरेको मुद्दा हालै सार्वजनिक भएको हो । मन्त्री थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जेठ ३० गते सुनुवाइ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्