विराटनगरको सिर्जना फाइनान्स सिटिजन्सले प्राप्ति गर्ने बाटो खुल्यो

विराटनगरको सिर्जना फाइनान्स सिटिजन्सले प्राप्ति गर्ने बाटो खुल्यो

काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको हो ।

सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले साधारणसभामा सिर्जनालाई प्राप्ती गर्ने प्रस्ताव राख्नु भएको थियो । त्यो प्रस्ताव सर्वसम्मत ढंगबाट पारित गरिएको हो । सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन पनि गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ९५ कित्ता सेयर (१०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आ.व. भित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष भण्डारीको दावी छ ।

२०७८ साल जेठ २६ गतेसम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्