अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि विभिन्न देशलाई दिने

<span class='c1'>अमेरिकाले फाइजरको ५० करोड डोज</span> <span class='c2'>खोप अगस्टदेखि विभिन्न देशलाई दिने</span>

संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गर्नु भएको छ ।
कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ, ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ ।
कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यतिठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।
संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभाक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ । झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ ।
करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्